
काठमाडौं, ३० असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पेन्सिल्भेनिया र्यालीमा गोली चलेको छ ।
उहाँ पेन्सिलभेनियाको बटलरको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा गोली चलेको हो । विस्फोटको आवाजले ट्रम्प स्टेजमा ढल्नुभएको थियो । विशेष सुरक्षा टोलीले उहाँलाई तत्कालै कभर गरे ।

घटनामा ट्रम्पको कान र अनुहारमा रगत देखिएको थियो । यसपछि सुरक्षा टोलीले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट लगेका थिए ।
एसोसिएटेड प्रेसले बटलर काउन्टी जिल्ला न्यायधिवक्ता रिचर्ड ए गोल्डिङगरलाई उद्धृत गर्दै ट्रम्पको र्यालीमा गोली चलाउने अभियुक्त मारिएको पुष्टि गरेको छ ।
यस्तै, र्यालीमा सहभागी एक व्यक्तिको पनि मृत्यु भएको जनाइएको छ ।







प्रतिक्रिया