२९ जेष्ठ २०८३, शुक्रबार

अध्यक्ष ओली भोलि प्रधानमन्त्री नियुक्त हुने

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्री नियुक्त हुनुहुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।

अध्यक्ष ओलीले एमालेका ७८ र नेपाली कांग्रेसका ८८ गरी १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार राति प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेश गर्नुभएको थियो ।

प्रधानमन्त्रीको शपथग्रहण भोलि दिउँसोका लागि तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।