२६ जेष्ठ २०८३, मंगलबार

हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ असार । लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दुरीको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएका कारण हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पूर्णरुपमा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

ठूलो पहिरो भएका कारण तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

‘हामीले स्थानीय तह र सडक डिभिजनसँग सहकार्य गरेर बाटो खुलाउने प्रयास गरिरहेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

प्रहरीले काठमाडौं आउजाउका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई कुलेखानी–फाखेल र कुलेखानी–मातातीर्थको बाटो प्रयोग गर्न आग्रह गरेको छ । यो बाटो पूर्णरुपमा सञ्चालनमा रहेको छ ।