
काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभएको हो । परियारले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको जानकारी दिनुभएको हो ।
नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लाग्नुभएको हो ।









प्रतिक्रिया