३२ असार २०८३, बिहिबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?

32.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । आज (शुक्रबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ । महासंघकाअनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन आज १८ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।