१७ असार २०८३, बुधबार

यात्रुबाहक बस बगाएको घटनास्थलमा उद्धार कार्यका लागि विप्लवले कार्यकर्ता खटाउने

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुई वटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताउनुभएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले दुई वटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा पाँच दर्जन भन्दा धेरै नागरिक बेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताउनुभएको हो ।

विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

‘केही दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशब्यापी ठूलो धनजनको क्षति भएको छ ।’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरुको उचित क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछु ।’

विप्लवले नेता कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशनसमेत दिनुभएको छ । ‘पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।