१८ असार २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार आज बेलायती पाउण्डको बिक्रीदरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ शून्य पैसा पुगेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।