
काठमाडौं, २८ असार । कास्कीको पोखरा महानगर-१९ पुरनचौरमा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया