
चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।
घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।
उहाँका अनुसार काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौं जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।
प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए ।
उहाँले भन्नुभयो, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उहाँले यकिन विवरण भने आइनसकेको बताउनुभयो ।









प्रतिक्रिया