
काठमाडौं, २७ असार । सरकारले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि लागू नगर्ने गरि पहल गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै, उहाँले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको पनि गरेको बताउनुभयो ।
साथै, उहाँले स्थानीय तह, राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृति गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया