२८ असार २०८३, आइतबार

दाङमा भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २७ असार । दाङमा भालुको आक्रमणबाट एक जना महिला गम्भीर घाइते हुनुभएको छ । लमही नगरपालिका-६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीया सहरी घर्ती गम्भीर घाइते हुनुभएको हो ।

आज बिहान करिब साढे पाँच बजे जंगली च्याउ टिप्ने क्रममा उहाँलाई भालुले आक्रमण गरेको थियो । उहाँको अनुहारमा गम्भिर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

घाइते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी बुटवल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

घर्ती चार-पाँच जनाको समूहमा च्याउ टिप्न जंगल जानुभएको थियो । उहाँका दुई जना साथीलाई भालुको नंग्रा लागेको भएपनि भाग्न सफल भएको नेपाल सशस्त्र प्रहरी ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभयो ।