२४ कार्तिक २०८३, मंगलबार

प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत/नदिनेबारे निर्णय गर्ने बताइएको छ ।

सरकारमा रहेका नेकपा (एमाले), नागरिक उन्मुक्तिलगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैहुनुहुन्छ ।

मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधि सभामा १४ सिट छ ।