४ श्रावण २०८३, सोमबार

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २७ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिनुभएको हो।

मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाउनुभएको हो ।

यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ ।

कांग्रेससँग भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ ।