२१ जेष्ठ २०८३, बिहिबार

कैलालीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २६ असार । कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार माछा मार्ने क्रममा राना डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटेको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

गएराति करिब पौने १० बजे राना नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।