२३ असार २०८३, मंगलबार

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । उहाँले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाउनुभएको हो ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो ।

पार्टीले जिम्मेवारीबाट हटाएपछि उहाँले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिनुभएको थियो । साथै उहाँले आफू रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताउनुभएको थियो ।

आज सञ्चारकर्मीसँग उहाँले आफ्ना भनाई राख्ने बुझिएको छ । रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाएपनि उहाँलाई त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिएको छ ।