१३ असार २०८३, शनिबार

जीप दुर्घटनामा वृद्धाको मृत्यु, ९ जना घाइते

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २६ असार । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका-७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३-०१-०२३ च ३९२९ नम्बरको जीप बुधबार दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहनुभएको छ । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो ।