९ असार २०८३, मंगलबार

नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंज र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम गरी सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ-आफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत खत्रीले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढी बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनुभयो । साथै उहाँले यस भन्दा अगाडि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराउनुभयो ।

नेपालगंज र महेन्द्रनगरमा सम्पन्न छुट्टाछुट्टै कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीसहित प्रबन्धक विवेक शर्मा, विभागीय प्रमुख सुस्मिता राणालगायत नेपालगंजमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिपनारायण खनाल तथा लुम्बिनी र कर्णाली प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीलगायत प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुकोसमेत उपस्थित रहेको थियो ।