२६ जेष्ठ २०८३, मंगलबार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

16k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो । सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।