५ असार २०८३, शुक्रबार

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २५ असार । वर्षाले पहिरो जाँदा डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँकाअनुसार यस स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ ।

सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । लमजुङ-तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र त्यस स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।