३० जेष्ठ २०८३, शनिबार

रुस पुगे भारतीय प्रधानमन्त्री मोदी

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमणको रुपमा रुस पुग्नुभएको छ ।

मोदी २२औँ रुस-भारत वार्षिक शिखर सम्मेलनका लागि मस्को पुग्नुभएको हो ।

मोदीलाइ रुसको विमानस्थलमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा दुईदिने भ्रमणका लागि रुस पुग्नुभएका उहाँलाई प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोदीले रुसी राष्ट्रपतिसँग २२औँ रुस-भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।