
काठमाडौं, २५ असार । सिंगापुरको खाद्य नियामक निकाय (एसएफए)ले करिब १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ ।
बहुप्रतिक्षित घोषणा सिंगापुरमा चीन, थाइल्याण्ड र भियतनाममा पाइने किराहरूको आपूर्ति र पालनपोषण गर्ने उद्योगकाका लागि राम्रो समाचार रहेको ‘द स्ट्रेट टाइम्स अखबार’ले उल्लेख गरेको छ । खानाको लागि स्वीकार गरिएका किराहरूमा फट्याङ्ग्रा, सलह, खाने किरा र विभिन्न प्रजातिका रेशमकिराहरूलाई राखिएको छ ।
सिंगापुर फूड एजेन्सी (एसएफए)ले मानव उपभोग वा पशुधनको दानाको लागि कीराहरू आयात गर्न वा पालन गर्न चाहनेहरूले गाइडलाइन भने पालना गर्नुपर्ने छ ।
संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले कीराहरूलाई मासुको विकल्पको रूपमा मान्दछ किनभने तिनीहरूमा प्रोटिन उच्च हुन्छ ।








प्रतिक्रिया