२ असार २०८३, मंगलबार

उद्योग वाणिज्य महासंघको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो ।

सोमबार बसेको महासंघको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालकाअनुसार कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुनेछ । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने भएको छ ।

संशोधित विधानमा दुई जना वरिष्ठ उपाध्यक्ष र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । संशोधित विधान आगामी मंसिर मसान्तभित्र महासंघको विशेष साधारण सभाले पारित गर्नुपर्ने व्यवस्था छ ।