२४ जेष्ठ २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंककाअनुसार मंगलबार बेलायती पाउण्डको खरिददर १७० रुपैयाँ ९६ पैसा पुग्दा र बिक्रीदर १७१ दशमलव ७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, अमेरिकी डलरको खरिददर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिददर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको छ । आजका लागि युरोको विनिमयदर घटेको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ शून्य पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा र बिक्री दर १७१ रुपैयाँ ७३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।