
काठमाडौं, २४ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त हुनुभएको छ ।
सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा सञ्चालक तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरी सक्नुभएको छ ।
वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ पेशा सुरु गर्नुभएका ज्ञवालीसँग नेपालका ठूला दुईवटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।
फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभवसमेत रहेको छ । ज्ञवालीसँग यसअघि पनि यस बैंकको सञ्चालकमा रहीसक्नुभएको अनुभवसमेत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षमा थप ३ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।









प्रतिक्रिया