२८ जेष्ठ २०८३, बिहिबार

दुईवटा मिशेलिन स्टार पाएको दुबईको रेष्टुरेन्टको हेड सेफमा नेपालका राहुलबाबु श्रेष्ठ

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिशेलिन स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ले प्राप्त गरेको छ । बेलायती सेफ आर्थनटनले दुई दशकअघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिशेलिन प्राप्त गरिसकेको छ ।

खानामा राखिने सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरी मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रुपमा नेपालका राहुलबाबु श्रेष्ठ कार्यरत हुनुहुन्छ ।

सन् २०१३ देखि श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको सुरुवात गर्नुभएको थियो । यसैक्रममा उहाँले लण्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिशेलिन स्टार पाएको नर्वेको रेष्टुरेन्टमासमेत काम गरिसक्नुभएको छ ।

सन् २०१६ मा फेरि उहाँ जसनसँगै काम गर्न दुबई पुग्नुभएको थियो । हाल उहाँ रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रही एक्जुकिटिभ सेफ ड्यान बर्कसँग किचन टिम सम्हालिरहनुभएको छ ।