
चितवन, २४ असार । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार स्कार्पियो गाडीमाथि आक्रमण भएको छ ।
गएराति राप्ती-२ स्थित बुद्धशान्ति माविको पछाडि लामा आफैले चलाएको गाडीमाथि आक्रमण भएको हो । समूहमा आएका केही व्यक्तिले लामाको बा २ झ ३६६६ सेतो स्कार्पियोमा आक्रमण गरेको मेयर लामाको सचिवालयले जानकारी दिएको छ ।
गाडीको पछाडि पट्टिको सिसा फुटेको छ । मेयर लामालाई कुनै भौतिक चोटपटक भने लागेको छैन । काम विशेषले वडा नं २ को गड्यौली पुग्नुभएका लामा घर फर्कने क्रममा घटना घटेको हो ।
आक्रमण गर्ने समूहको पहिचान भइनसकेको भन्दै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
केही समय अगाडिदेखि जिल्ला सुरक्षा समितिले उहाँको सुरक्षाका लागि एक जना पिएसओसमेत खटाएको छ ।








प्रतिक्रिया