
काठमाडौं, २४ असार । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।
संसद् सचिवालयकाअनुसार अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको विषयमा गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय महत्त्वका अभिलेखको व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।









प्रतिक्रिया