३२ असार २०८३, बिहिबार

कस्तो रहन्छ आज दिनभरको मौसम ?

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेपालमा मनसुनको सक्रियता कम भइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ ।

नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि दक्षिणतिर सर्दै जाने हुदाँ वर्षामा कमी आउन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो भने सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार केही दिनसम्म कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण हुन सक्ने क्षतिको लागि आवश्यक सचेतता तथा पूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ ।