२८ असार २०८३, आइतबार

टीथ्री थकाली र साहिनो तन्दुरी सेकुवामा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल नजिक रहेको टीथ्री थकाली एन्ड मल्टी कसिनी र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरमा विशेष छुट पाउने भएका छन् ।

प्रभु बैंकले टीथ्री थकाली ग्रुप प्रालिसँग आफ्ना ग्राहक तथा कर्मचारी लाभान्वित हुनेगरी सम्झौता गरेको हो । सम्झौतामा प्रभु बैंकका बागमती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईं र टीथ्री थकाली ग्रुपका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचनले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा टीथ्री थकाली र साइनो तन्दुरीमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

बैंकका ग्राहकहरूले तोकिएको छुट सुविधामा टीथ्री थकालीमा अथेन्टिक थकाली खानाको स्वाद लिन सक्नेछन् भने साइनो तन्दुरीमा नान, तन्दुरी, सेकुवाजस्ता परिकारहरूको स्वाद लिन पाउने बैंकले जनाएको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।