
काठमाडौं, २३ असार । कृषि विकास बैंक लिमिटेडले काठमाडौंको नागार्जुन-१ स्थित राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री सहयोग गरेको छ । बैंकले १ लाख बराबरको दराज, कुर्ची, टेबललगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको हो । बैंकले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको हो ।
फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप-महाप्रबन्धक डा. बाबुकाजी थापा रहनुभएको थियो ।
प्रमुख अथिति डा. थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको यो सहयोग समाज र बैंकलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतिक रुपमा स्थापित गर्ने रं मन्दिर परिसरमा उपस्थित हुने वृद्ध आमाबुबालगायत भक्तालुजनहरुलाई साहयता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष नरहरी घिमिरेले कृषि विकास बैंकको सहयोगको सराहना गर्दै खुशीका साथ बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोग अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरुलगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।








प्रतिक्रिया