
काठमाडौं, २३ असार । टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ । नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नको लागि प्लेटफर्म सार्वजनिक गरिएको हो ।
परीक्षाको सामग्री र ढाँचालाई प्रतिविम्बित गर्ने बहुवैकल्पिक प्रश्नहरूको डाटाबेसमा पहुँच वृद्धि गर्नका लागि प्लेटफर्ममा नेपाल इन्जिनियरिङ परिषद्को पाठ्यक्रममा समेटिएका विषयहरूअन्तर्गत रहेर विद्यार्थीहरूलाई आवश्यक पाठ्यसामग्री राखिएको इन्जिनियरिङ् लर्निङ सेन्टरको भनाइ छ ।
टिम नेपाल इन्जिनियरिङ लर्निङ सेन्टरकी कार्यकारी निर्देशक अप्सरा तिम्सिना पौडेलले एप र वेब प्लेटफर्म सार्वजनिक गर्दै यसका विशेषताहरू परिचय गराउन पाउँदा खुशी लागेको भन्दै व्यापक र पहुँच योग्य सिकाइ सामाग्री निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा विद्यार्थीहरूलाई टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गर्दै यसका विशेषताहरू परिचय गराउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य एक व्यापक र पहुँचयोग्य सिकाइ सामाग्री निर्माण गर्नु हो जसले विद्यार्थीहरूलाई उनीहरूको इन्जिनियरिङ परिषद्को परीक्षा तयारी यात्रामा उपयोगी र निर्विकल्प बन्न सकोस् । वास्तविक परीक्षा वातावरणको अनुकरण गरेर र विस्तृत सिद्धान्त खण्डहरू प्रदान गरेर उनीहरूको बुझाइ बढाउन र उनीहरूको आत्मविश्वास बढाउने लक्ष्य हाम्रो छ ।’
टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्मको उत्कृष्ट विशेषताहरू मध्ये एक रहेको सञ्चालकहरुको दाबी छ । विद्यार्थीहरूले लचिलो र सुविधाजनक सिकाइ अनुभव आफ्नो मोबाइल फोन वा ल्यापटपबाट इन्टरनेट उपलब्ध जुनसुकै ठाउँबाट गर्न सकिनेछ ।








प्रतिक्रिया