२२ असार २०८३, सोमबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ ।