
हेटौंडा, २३ असार । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरुले आज राजीनामा दिँदैछन् ।
बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको सचिवालयकाअनुसार आज साँझसम्म मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सामूहिक राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।
नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा संसदीय दलको बैठक बसेर मुख्यमन्त्री जम्मकट्टेल साँझसम्म हेटौंडा फर्कने जानकारी प्राप्त भएको मन्त्री थपलियाको सचिवालयले जनाएको छ ।
एमालेबाट बागमती सरकारमा ५ जना मन्त्रीहरु छन् । एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।









प्रतिक्रिया