२१ जेष्ठ २०८३, बिहिबार

नेकपा एसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकले प्रदेश प्रमुखको जिम्मेवारी तोक्ने बताइएको छ । हालै सम्पन्न महाधिवेशन पछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ ।

यसअघि शनिबार बसेको पहिलो बैठकले सबै २९९ केन्द्रीय सदस्यको चयनपछि मात्र पदाधिकारीको टुंगो लाग्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको थियो । खतिवडाले महाधिवेशनले पार्टीलाई अघि बढाउन ऊर्जा प्राप्त भएको निष्कर्ष बैठकले निकालेको बताउँदै पदाधिकारी चयन भइनसकेको अवस्थामा दैनिक काम व्यवस्थापन गर्न पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिने निर्णय भएको बताउनुभएको थियो ।