
दाङ, २३ असार । राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका-७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका-८ बगरापुर गाउँबाट बेपत्ता हुनुभएको थियो । उहाँको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका-७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका-२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उहाँको शव खोलाको बगरमा फेला परेको हो ।
हस्नापुर घाटबाट राजपुर गाउँपालिका-२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।








प्रतिक्रिया