३० जेष्ठ २०८३, शनिबार

वामपन्थी राजनीतिक जगको लागि मजदुरको भूमिका महत्वपूर्ण : देवी ज्ञवाली

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २३ असार । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवालीले मकवानपुरे माटोमा वामपन्थी राजनीतिको जग बसाउन मजदुरहरुको भूमिका रहेको बताउनुभएको छ ।

मजदुर क्षेत्र पार्टी इलाका कमिटी हेटौंडाको ११औं इलाका अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले श्रम क्षेत्रको परिवर्तनसँगसँगै अब यो क्षेत्रमा पार्टी तथा संगठनको कामगर्ने तरिका पनि परिवर्तन गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

राष्ट्रिय राजनीतिको बारे चर्चा गर्नुहुँदै नेता ज्ञवालीले गठबन्धनको जबसम्म सहयात्री इमानदार हुन्छ तब सम्म गर्ने हो, सहयात्रीले गडबड गर्न खोज्छ भने सहयात्राको औचित्य समाप्त हुन्छ र नयाँ सहयात्रीको खोजी हुन्छ भन्नुभयो । वैदेशिक शक्तिको इसारामा एमालेलाई एक्ल्याउन षड्यन्त्र बुन्दै गरेका प्रचण्डको तानाबाना बुझिसकेपछि नयाँ गठबन्धनको आवश्कता भएको उहाँले बताउनुभयो । अब २८ गते पछि नयाँ राष्ट्रिय सरकार बन्ने र नयाँ बन्ने सरकारले प्रगतिशील काम गर्ने ज्ञवालीले बताउनुभयो ।

अधिवेशनले भर्खरै सम्पन्न एमाले मकवानपुरको १२औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारीहरुलाई बधाईसहित सम्मान गर्नुका साथै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई गाउँपालिकाका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदानसहित सूचीकृत गरेको भन्दै सम्मानसमेत गरिएको थियो ।

इलाका कमिटी अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता, एमाले बागमती प्रदेश कमिटी सदस्यहरू अर्जुन अर्याल, गिता कार्की, जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सिता विष्ट, उपसचिवद्वय फुर्वा दोर्जे लामा, आरती पाठकलगायतको आतिथ्यता रहेको थियो ।