
काठमाडौं, २३ असार । नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बोलाइएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकमा एमाले सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको बर्तौलाले बताउनुभयो ।
बैठकमा एमाले र नेपाली कांग्रेसबीच हालै सत्ता साझेदारी गर्ने सहमतिको विषयमा भावी योजनाबारे छलफल हुने बताइएको छ ।







प्रतिक्रिया