
तनहुँ, २२ असार । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज तीनजना बेपत्ता भएका छन् ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरोमा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।
पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया