
दाङ, २२ असार । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका-८ सतबरिया गाउँमा डुबानमा परेका २५ जनाको सकुशल उद्वार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो । सोही स्थानका करिब ५० घरहरु डुबानमा परेका थिए ।








प्रतिक्रिया