२२ असार २०८३, सोमबार

ठूलो पदमा हुँदामात्र ठूलो मान्छे बन्ने होइन : सुनिता डंगोल

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरुले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

शनिबार एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिएपनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै, उहाँले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाउनुभयो ।

‘ठूलो पदले मात्र ठूलो मान्छे बन्ने होइन । आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ । जब हामीले मनैदेखि अरुका लागि काम र कल्पना गर्न सक्छौँ, त्यो बेला नै हामी ठूलो मान्छे र असल नागरिक बन्न सक्छौँ । रोजेको पेशाबाट राष्ट्रको लागि काम गर्न सक्छौँ ।’ उहाँले भन्नुभयो ।