१७ असार २०८३, बुधबार

जलमग्न काठमाडौं उपत्यका (फोटो फिचर)

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । शुक्रबार रातिदेखि जारी अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन् ।

ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा छ भने बागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ । जसका कारण सर्वसाधारणको विचल्ली भएको छ ।

त्यस्तै, भक्तपुरको मनोहरा किनार, ललितपुर र काठमाडौंको बागमती किनारमा सबैभन्दा धेरै बाढीको असर देखिएको छ । बागमती करिडोरबाट आवतजावत गर्न कठिनाइ भएको छ । विशेषगरी नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु डुबानमा छन् । बल्खुस्थित तरकारी बजारपनि बाढीको चपेटामा छ । शनिबार दिनभर उपत्यका वर्षाका कारण प्रभावित भएको छ ।