१ असार २०८३, सोमबार

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनुभएको छ ।

शनिबार बसेको प्रदेश सभा बैठकमा १०१ जना सांसदमध्ये ६७ जना सांसदले उहाँको पक्षमा मतदान गरेका हुन् । ३४ जना सांसदले भने उहाँको विपक्षमा मतदान गरे ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि सिंह बहुमत सांसदहरूको समर्थनमा मुख्यमन्त्री हुनुभएको थियो ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।