
गुल्मी, २२ असार । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ ।
घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो ।








प्रतिक्रिया