
काठमाडौं, २२ असार । हिजो (शुक्रबार)देखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ ।
सडकहरुमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरु डुबानमा परेका छन् ।
पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरुलाई उच्च सतर्क रहन आग्रह गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २७ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधारणातया र पूर्णतया बदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
बाढीजन्य विपद् परेमा हटलाइन १६६००१०५५११, ११८० महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न काठमाडौं महानगरपालिकाको अनुरोध छ ।










प्रतिक्रिया