२१ असार २०८३, आइतबार

दोलखामा बाढीले ३ घर बगायो, १ जना बेपत्ता

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २२ असार । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन् ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आउनुभएको ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो ।

वडाध्यक्ष शेर्पाकाअनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।

छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशंकर-९ डोडाङमा होटल व्यवसाय गर्दै आउनुभएको थियो ।