
काठमाडौं, २२ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिँदै आउनुभएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टर उमेश थापाको निधन भएको छ ।
सूर्यविनायक नगरपालिका-९ गुण्डुस्थित आफ्नै घरमा सुत्नुभएका उहाँ अस्वस्थ्य भएपछि गएराति परिवारले अस्पतालमा लगेका थिए । उहाँलाई भक्तपुर अस्पताल पुर्याइएलगतै चिकित्सकले मृत घोषणा गरेको थियो ।
४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघातको कारण मृत्यु भएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताउनुभयो । अस्पतालले हृदयघातको कारण मृत्यु भएको भनेपनि पोस्टमार्टम रिपोट नआई थप भन्न नसकिने उहाँले बताउनुभयो ।
घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान सुरु गरेको छ ।








प्रतिक्रिया