
तनहुँ, २२ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीओडारमा आज बिहान पहिरो खसेर अवरुद्ध थर्पु-खैरेनीटार सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ । शुक्रबारदेखि परेको वर्षाका कारण मौरीओडारमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएर राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । मुग्लिन पोखरा सडकखण्ड विस्तारका लागि काटिएको डाँडाबाट सडकमा पहिरा खस्दा यो खण्ड पानी परेपछि जोखिममा छ ।
वर्षाका कारण सडक हिलाम्य हुँदा थर्पु–खैरेनी खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । केही ठाउँमा सवारी साधन नै अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । जिल्लाका अन्य ठाउँमा भने हालसम्म सडक पूर्ण रुपमा खुला रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया