
काठमाडौं, २२ असार । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीकाअनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए ।
प्रहरीले बालिकाको खोजीका लागि स्थानीयको सहयोग मागेको थियो । यसका लागि प्रहरीले पार्क सञ्चालक र वन विभागको विशेष टोली गठन गरेको थियो । प्रहरीले बुधबार साँझ स्विमिङ पुल नजिक बालिकाको रगतले लतपतिएको लुगा फेला पारेको थियो ।
त्यसपछि पूरै क्षेत्रमा त्रास फैलियो । प्रहरीले बिहीबार बिहानदेखि खोजी कार्यलाई तीव्र पारेको थियो । यसपछि केही दूरीमा बालिकाको शव फेला परेको थियो ।
बिहीबार बिहानै उक्त क्षेत्रमा गोही देखेको प्रहरीले जनाएको छ । त्यसपछि वन विभागको टोलीले स्विमिङ पुल नजिकै गोहीको सङ्केत पाएपछि बालिकालाई गोहीले खाएको प्रष्ट भएको थियो ।
बालिकाका परिवारकाअनुसार उनीहरु बिदा मनाउन पलुम्पा आएका थिए ।
पालुम्पाका मुख्यमन्त्री इभा ललरले यस घटनाप्रति दुःख व्यक्त गर्दै यो घटनाले हृदयविदारक भएको बताउनुभयो । उहाँले गोहीबाट जनतालाई जोगाउन अझै पहल गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको बताउँदै यसलाई रोक्न आवश्यक रहेको बताउनुभएको छ ।









प्रतिक्रिया