
दाङ, २२ असार । दाङको घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ ।
घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान डाइभर्सन बगाएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
घोराही उपमहानगरपालिका-१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।








प्रतिक्रिया