८ असार २०८३, सोमबार

पत्रकार महासंघको निर्वाचन फेरि स्थगित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ ।

शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै आज शनिबारका लागि निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो ।

निर्वाचन गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यसअघि जेठ २६ गतेका लागि मतदानको मिति तय गरेकोमा स्थगित गर्दै असार २२ गते (आज)का लागि तोकेको थियो ।

यसपटक निर्वाचनको मिति पनि नतोकिएपछि निर्वाचन अनिश्चित भएको छ । सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ ।